१४ पालिकाको नतिजा सार्वजनिक : एमाले ६ र कांग्रेस ५ स्थानमा विजयी

नेपालभ्युज

काठमाडाैं। स्थानीय तह निर्वाचनको हालसम्मको मतगणनामा विजयी स्थान हासिल गर्नेमा नेकपा (एमाले) अग्रणी छ भने कांग्रेसले भइरहेको गणनामा अग्रता हासिल गरिरहेको छ।

अहिलेसम्म मतगणना सम्पन्न भएका १२ ओटा गाउँपालिकामध्ये ६ ओटामा एमालेले अध्यक्ष पद हत्याएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले पाँच ओटा गाउँपालिका जितेको छ। नेकपा (एकीकृत समाजवादी)ले दुई ओटा स्थानमा अध्यक्ष पद जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटामा।

एमालेका अध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको मनाङ ङिस्याङ गाउँपालिका – कान्छा घले
२. मनाङको चामे गाउँपालिका – लोकेन्द्रबहादुर घले
३. मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका – लोप्साङ छोम्पेल विष्ट
४. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – रिङजिन नामगेल गुरूङ
५. मुस्ताङको लोमान्थाङ गाउँपालिका – टसी न्वर्वु गुरूङ
६. डोल्पाको से फोक्सुण्डो गाउँपालिका – धावा सम्डुङ गुरूङ

कांग्रेसका अध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको नार्पा भूमी गाउँपालिका – तेन्जीङ लामा
२. मनाङको नासोँ गाउँपालिका – धनबहादुर गुरूङ
३. मुस्ताङको घरपोझङ गाउँपालिका – मोहनसिंह लालचन

एकीकृत समाजवादीका अध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. छार्का साङतोङ गाउँपालिका – सेनाङ गुरूङ
२. डोल्पाको काइके गाउँपालिका – अंगदकुमार राना

माओवादी केन्द्रका अध्यक्ष विजयी भएका गाउँपालिका

१. डोल्पाको जगदुल्ला गाउँपालिका – नारसिङ रोकाया

त्यस्तै अहिलेसम्म विजयी घोषणा गरिएका १२ उपाध्यक्षमध्ये पनि एमाले नै अग्रस्थानमा छ। पाँच ओटा गाउँपालिका उपाध्यक्ष एमालेले हात पारेको छ भने कांग्रेसले तीन ओटा, माओवादी केन्द्रले दुई स्थानमा, एकीकृत समाजवादीले एक स्थानमा र एकजना स्वतन्त्रले जित हासिल गरेका छन्।

एमालेका उपाध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको नार्पा भूमि गाउँपालिका- मेङमर फुन्चो लामा (निर्विरोध)
२. मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका – छिरिङ ल्हामो गुरूङ
३. मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका – ढिकि गुरूङ
४. मुस्ताङको लोमन्थाङ गाउँपालिका – छ्युमी विष्ट गुरूङ
५. डोल्पाको छार्का ताङसोङ गाउँपालिका – कर्म ढुण्डुप गुरूङ

कांग्रेसका उपाध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको चामे गाउँपालिका – मिङमार ढोमा लामा
२. मुस्ताङको घरपझोङ गाउँपालिका – जमुना थापा मगर
३. डोल्पाको काईके गाउँपालिका –निमा बुढा
४. गुल्मीको रेसुङ्गा नगरपालिकामा – खिलध्‍वज पन्थी विजयी
५.   गन्यापधुरा गाउँपालिका– ईन्द्र बहादुर कार्की

माओवादी केन्द्रका उपाध्यक्ष विजयी भएका गाउँपालिकाहरू

१. मनाङको नार्सो गाउँपालिका – वेदबहादुर गुरूङ
२. डोल्पाको जगदुल्ला गाउँपालिका – अमरिता बोहोरा

एकीकृत समाजवादीका उपाध्यक्ष विजयी भएको गाउँपालिका

१. डोल्पाको डोल्पोबुद्ध गाउँपालिका – पेम्मा धोर्चे गुरूङ (निर्विरोध)

स्वतन्त्र उपाध्यक्ष विजेता

१. मनाङको ङिस्याङ गाउँपालिका – छिरिङ गुरूङ – स्वतन्त्र


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved