कांग्रेसलाई पन्छाउँदै चन्दननाथमा स्वतन्त्र उम्मेदवारको अग्रता

जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार राजसिंह कठायतले अग्रता लिएका छन्।

नेपालभ्युज

कांग्रेसलाई पन्छाउँदै चन्दननाथमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं। जुम्लाको चन्दननाथ नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार राजसिंह कठायतले अग्रता लिएका छन्।

वडा नं. १ मा खसेका सात सय ५१ मत गणना हुँदा कठायतले तीन सय एक मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमबहादुर शाहीले एक सय ४१ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र)का जीवनबहादुर बुढथापा एक सय ३५ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।

त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसकी रामदेवी खड्का दुई सय ४८ मतसहित अग्र स्थानमा छिन्। नेकपा (माओवादी केन्द्र)की पूर्णिमा विक ‘रचना’ एक सय ७३ मत सहित दोस्रो र नेकपा (एमाले)की मेनका रेग्मी एक सय नौ मतसहित तेस्रो स्थानमा छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved