दिनभर तनावग्रस्त बाजुराका दुई स्थानीय तहमा कर्फ्यू

नेपालभ्युज

दिनभर तनावग्रस्त बाजुराका दुई स्थानीय तहमा कर्फ्यू

धनगढी। स्थानीय निर्वाचनको मतदानको क्रममा दिनभर तनावग्रस्त बनेका बाजुराका दुई स्थानीय तहमा कर्फ्यू जारी गरिएको छ।

जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ७,८,९ र १० र बुढिगंगा नगरपालिकाका २,३,४,५ र ९ मा कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।

मतदानको समयमा दिनभर तनावग्रस्त रहेका वडाहरूमा धनजनको क्षेती हुनबाट जोगाउनका लागि कर्फ्यू जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ।  आज राति ८ बजे देखी भोलि बिहान ७ बजे सम्मका लागि जारी गरिएको प्रशासनको पत्रमा उल्लेख गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved