बझाङ : कतै मतपत्र च्यातियो, कतै फाइरिङ

नेपालभ्युज

बझाङ : कतै मतपत्र च्यातियो, कतै फाइरिङ

बझाङ। केदारस्युँ गाउँपालिका वडा नम्बर ४ जगन्नाथ मावि सैन्सु मतदान केन्द्रमा दुई पक्षबीच झडप हुँदा मतदान कार्य अर्को सूचना नआउदासम्म स्थगित भएको छ।

बझाङको मष्टा ५ द्वारिकानाथ आधारभूत विद्यालयमा तेस्रो पटक झडप हुँदासम्म पनि मतदान चलिरहेको र चौथो पटक भएको झडपमा ढुङ्गामुडा हानाहान भइ भागदौड हुँदा ५० भन्दाबढी बढी घाइते भएका छन्। अहिले मतदान स्थगित गर्ने वा सुचारु गर्ने भन्ने विषयमा सर्वदलीय बैठक बसिरहेको स्थानीय अर्जुन बुढाले बताए।

जयपृथ्वी नगरपालिका ७ स्थित सुनिपिपल चौर माविमा मतपेटिका च्यातेर अहिले झडप भइरहेको छ। सुरक्षाकर्मीले ३ वटा फायरिङ गर्दा पनि झडप नियन्त्रणमा आएको छैन। नेकपा एमाले र गठबन्धनबीच झडप भएको हो। जुन नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो।

बझाङ जिल्ला केदारस्युँ गाउँपालिका वडा नम्बर ४ जगन्नाथ मावि सैन्सु मदान केन्द्रमा मतदाता र स्वतन्त्र उम्मेदवारका एजेन्टबीच झडप हुँदा मतदान कार्य रोकिएको छ।

खप्तडछान्ना गाउँपालिका ५ खप्तड मावि कालुखेतीमा मतदान शुरु भएको ४ घण्टापछि गठबन्धनबीच सामान्य कुरामा विवाद हुँदा संरचना तोडफोड भएको तीन जना सामान्य घाइते भएका छन्। अहिले कडा सुरक्षा दिएर १०र१० जना गरेर मतदान भइरेहको छ। झडपका कारण झण्डै एक घण्टा मतदान रोकिएको थियो।

जयपृथ्वी नगरपालिका ११ नानदेव आधारभूत मतदान केन्द्रमा एमाले र कांग्रेसबीच झडप हुँदा एक जना घाइते भएका छन्। झडपलाई साम्य पार्न प्रहरीले २ राउण्ड हवाइ फायर गरेको छ। अहिलेसम्म नानदेव आधारभूत मतदान केन्द्रमा २ सय ५० भोट खसेको जनाइएको छ।

बझाङ्को दुर्गाथली द्ध भैरव आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानका क्रममा तनाव सिर्जना भएर मतदान रोकिएको छ।

थलारा गाउँपालिका ५ स्थित थलारा मावि खोलीमा पनि गठबन्धन र एमाले कार्यकर्ताबीच झडप भएको छ। प्रहरीद्वारा हवाई फायर भएको छ। थलारा गाउँपालिका ८ शैलेश्वरी मावि मतदान केन्द्रमा तनाव मतदान प्रक्रिया केहीबेर स्थगित भएको छ।

छबिसपाथीभेरा गाउँपालिका वडा नम्बर ६ बाठमली मावि मतदान केन्द्रमा एमाले र गठबन्धनबीच झडप भएको छ। जहाँ एमालेबाट वडाध्यक्षका उम्मेदवार गम्भीर घाइते भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved