बाजुराका तीन मतदान केन्द्रमा अश्रुग्यास र हवाई फायर

हिमाली आधारभूत विद्यालय नजिकै एक हप्ताअगाडि पनि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच झडप हुँदा प्रहरीले २३ राउण्ड हावाई फायर र ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो।

नेपालभ्युज

बाजुराका तीन मतदान केन्द्रमा अश्रुग्यास र हवाई फायर
सांकेतिक तस्वीर।

धनगढी। बाजुराका तीन ओटा मतदान स्थलहरुमा हवाई फायर भएको छ।

जिल्लाको बुढिगंगा नगरपालिका वडा न ९ मा २ राउण्ड सोही नगरपालिकाको वडा नं. १० सिगाडामा माविमा रहेको मतदान केन्द्रमा एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी इन्द्र बोगटीले जानकारी दिए।

त्यसैगरी बुढिनन्दा नगरपालिका वडा न ९ अगाउपानीमा रहेको हिमाली आधारभूत विद्यालयमा पनि हवाई फायर भएको प्रहरी निरीक्षक बागटीले जानकारी दिए।

हिमाली आधारभूत विद्यालय नजिकै एक हप्ताअगाडि पनि नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी)का कार्यकर्ताबीच झडप हुँदा प्रहरीले २३ राउण्ड हवाई फायर र ३ राउण्ड अश्रु ग्यास फायर गरेको थियो।

बुढीनन्दामा दुई पक्षबीच सामान्य विवादमा ढुंगा हानाहान भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको प्रहरीले जनाएको छ। थप विवरण भने आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved