बझाङका दुई मतदान केन्द्रमा शंकास्पद बस्तु फेला

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन्।

नेपालभ्युज

बझाङका दुई मतदान केन्द्रमा शंकास्पद बस्तु फेला
फाइल फोटो

सुर्खेत। बझाङका दुई मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेका छन्।

जयपृथ्वी नगरपालिका–१ मा रहेको नारायण मावि पिमी कैलाश मतदान केन्द्र र बुंगल गाउँपालिका–८ पिजलीको महादेव मावि अठपाली मतदान केन्द्र जाने बाटोमा शंकास्पद बस्तु भेटिएको हो।

यसैगरी जयपृथ्वी स्थित मतदान केन्द्रमा प्रेसकुकर बम जस्तो देखिने शंकास्पद वस्तु र बुंगलमा रङको बट्टा जस्तो शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ । दुवै ठाउँमा सेनाको टोली परिचालन गरिएको बझाङ प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved