निर्वाचनका लागि नुवाकोटमा खटिए चार हजार बढी कर्मचारी

नेपालभ्युज

निर्वाचनका लागि नुवाकोटमा खटिए चार हजार बढी कर्मचारी

नुवाकोट। स्थानीय निर्वाचनका लागि नुवाकोटमा चार हजारभन्दा बढी कर्मचारी र सुरक्षाकर्मी परिचालन भएका छन्।

कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो।

एक हजार ४३५ कर्मचारी, एक हजार ३२५ म्यादी प्रहरी, ८१८ नेपाल प्रहरी, ३५० सशस्त्र प्रहरी, १२ स्थानीय तहमा कम्तीमा ४० जना रहने गरी नेपाली सेनाको टोली ४८० खटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए।

उनका अनुसार कर्मचारीसँगै सबै प्रकारका सुरक्षाकर्मी पनि कार्यक्षेत्रमा पुगिसकेका छन्। छन्नेपाली सेनाको टोली हरेक मतदानस्थलबाट २०–२५ मिनेटको दूरीमा रहने र असहज अवस्था भएमा उक्त समयभित्र मतदानस्थलमा पुग्ने गरी व्यवस्था मिलाइएको उनले बताए। म्यादी प्रहरी र नेपाल प्रहरी भने मतदानस्थलमै खटाइएको छ।

जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील, संवेदनशील र सामान्य भनेर मतदानस्थलको वर्गीकरण गरेको छ। सोही वर्गीकरणका आधारमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार जिल्लामा १३२ निर्वाचनस्थलमध्ये अतिसंवेदनशील ५०, संवेदनशील ५३ र सामन्य २९ मतदानस्थल रहेको छ।

भौगोलिक विकटता, विगतका निर्वाचनमा भएको घटनाको मूल्याङ्कन, जातीयता, सांस्कृतिक तथा साम्प्रदायिता, आपराधिक व्यक्तिको प्रयोग हुनसक्नेजस्ता आधारमा वर्गीकरण गरिएको उनले बताए।

बाह्र स्थानीय तहको ८८ वडामा रहेको सबै मतदानस्थलमा बुधबारसम्म कर्मचारी पुगेर मतदानस्थल निर्माण तथा व्यवस्थापन गर्न सुरु गरिसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जयप्रसाद गौतमले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved