नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरी नियन्त्रणमा

नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । उनलाई आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपालभ्युज

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला प्रहरी नियन्त्रणमा

काठमाडौं।  नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् । चुनाव बिथोल्ने गतिविधि गर्न सक्ने आशंकामा उनलाई आज (बिहीबार) बिहान ४ बजे दाङको भालुवाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीय निर्वाचनको सुरक्षाको लागि भन्दै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। बास्तोला आफ्नो घर सुर्खेत जाँदै थिए। तर, बिचमै उनी पक्राउ परेका हुन्।

चुनाव बहिष्कार गरेका उनले निर्वाचन बिथोल्ने गतिविधि गर्न सक्ने आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ। चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर उनले केही दिन अघि मात्र पार्टी पुनर्गठन गरेका थिए।

चुनावमा जान नहुने भन्दै बास्तोलालगायतका नेताहरूले गत वैशाख २१ गते विप्लवलाई महासचिवबाट हटाएका थिए। त्यसपछि बास्तोला नेकपा बहुमतका संयोजक भएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved