भोट माग्दै देउवाले भने : कांग्रेसलाई जिताउनुस्, प्रदेश राजधानी डडेलधुरामा सार्छु

पहिले संरचनाहरू नभएका कारण राजधानी बनाउन नसके पनि अब संरचनाहरू निर्माण गर्ने आश्वासन उनले दिए।

नेपालभ्युज

भोट माग्दै देउवाले भने : कांग्रेसलाई जिताउनुस्, प्रदेश राजधानी डडेलधुरामा सार्छु
फाइल फोटो

काठमाडौं। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश राजधानी डडेलधुरामा सार्ने आश्वासन दिएका छन्। आज गृहजिल्लामा आयोजित चुनावी सभामा कांग्रेसका लागि भोट माग्दै उनले कांग्रेसले डडेल्धुरालाई नै सुदूरपश्चिम प्रदेशको राजधानी बनाउन सकिने बताए।

कांग्रेसलाई भोट माग्दै उनले डडेलधुरामा कांग्रेसले जिते प्रदेश राजधानी सार्न सकिने बताएका हुन्। पहिले संरचनाहरू नभएका कारण राजधानी बनाउन नसके पनि अब संरचनाहरू निर्माण गर्ने आश्वासन उनले दिए।

उनले भने, ‘‘डडेल्धुरालाई नै प्रदेश राजधानी बनाउन सकिन्छ, पहिला डडेल्धुरामा र डोटीमा संरचनाहरू थिएनन्। त्यसकारण राजधानी बनाउन सकिएन। अब संरचनाहरू निर्माण गर्छौ। त्यसपछि प्रदेश राजधानी पनि सार्न सकिन्छ।’’

देउवा सोमबार चुनावी सभालाई सम्बोधन गर्न गृहजिल्ला पुगेका थिए। उनी मतदानपछि मात्रै काठमाडौं फर्किने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved