रोल्पामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते

तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

नेपालभ्युज

रोल्पामा माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप, तरुणदलका वडाध्यक्ष घाइते
सांकेतिक तस्वीर।

रोल्पा। रोल्पाको गङ्गादेव गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच गए राति झडप भएको छ। झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन्।

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्।

माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।

तरुणदलका वडाध्यक्ष बुढामगरको अवस्था गम्भीर छ। उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ।

घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिए। घटनाको थप विवरण आउन बाँकी रहेको उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved