मुम्बईका ब्याट्सम्यान यादवले आईपीएलको बाँकी खेल गुमाउने

यादवले गत ६ मेमा गुजरातविरुद्धको खेलमा चोट बोकेका थिए।

नेपालभ्युज

मुम्बईका ब्याट्सम्यान यादवले आईपीएलको बाँकी खेल गुमाउने

काठमाडौं। मुम्बई इन्डियन्सका ब्याट्सम्यान सूर्यकुमार यादवले चोट बोकेका छन्। चोट बोकेपछि उनले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी सिजनमा बाँकी खेल गुमाउने भएका छन्।

यादवले गत ६ मेमा गुजरातविरुद्धको खेलमा चोट बोकेका थिए। उनले गएरातिको कोलकत्ता नाइट राइडर्सविरुद्धको खेल समेत गुमाएका थिए ।

मिडल अर्डर ब्याट्सम्यान यादवले चोटको कारण आईपीएलका बाँकी सबै खेल गुमाउने भएका हुन्। यादवको देब्रे हातको नाडीमा चोट लागेको बताइएको छ ।

यस सिजन मुम्बई आईपीएलको अंक तालिकाको पुछारमा रहेको छ। उसले ११ खेल ४ अंक मात्र जोडेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved