बाँके र बर्दियाको सीमा–नाका आज मध्यरातिदेखि बन्द हुने

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियासहित देशभरको नेपाल–भारत सीमा–नाका आज रातिदेखि बन्द हुने भएको छ।

नेपालभ्युज

बाँके र बर्दियाको सीमा–नाका आज मध्यरातिदेखि बन्द हुने
काठमाडौं। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बाँके र बर्दियासहित देशभरको नेपाल–भारत सीमा–नाका आज रातिदेखि बन्द हुने भएको छ। भारतसँग जोडिएका बाँके र बर्दियाका सीमा–नाका ७२ घण्टाका लागि बन्द गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए।
शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहित बनाउनका नाका बन्द गर्न लागिएको हो। मंगलबार राति १२ बजेदेखि वैशाख ३० गते राति १२ बजेसम्मका लागि नेपाल–भारत सीमा–नाका बन्द गरिने प्रजिअ खत्रीले बताए।
यसअघि खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय भएको थियो।
दुई पक्षीय बैठकले निर्वाचनको ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा रोक लगाउने निर्णय भएको थियो। बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved