कालिकोटमा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप

नेपालभ्युज

कालिकोटमा माओवादी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप
सांकेतिक तस्वीर।

सुर्खेत। कालिकोटमा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच शनिबार राति झडप भएको छ।

कालिकोट पचालझरना गाउँपालिका–९ को तिखार्ती गाउँमा झडप भएको हो।

झडपमा परि ११ जना घाइते भएका छन्। घाइते हुनेमा माओवादी केन्द्रका सुर्खेत–पचालझरना गाउँपालिका सम्पर्क मञ्चका अध्यक्ष हिम्मत शाही, केशबहादुर शाही लगाएतका घाइतेको उपचार रास्कोट अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।

झडपका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved