मोरङमा निर्वाचन सुरक्षा योजनाअन्तर्गत गस्ती शुरु

नेपालभ्युज

मोरङमा निर्वाचन सुरक्षा योजनाअन्तर्गत गस्ती शुरु

विराटनगर। मोरङमा निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त गस्ती शुरु गरेका छन्।

जिल्लामा तीन प्रकारका मतदान केन्द्रको वर्गीकरण गरेर अवस्था हेरेर सुरक्षा परिचालन गरिएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले पर्याप्त सुरक्षाकर्मी परिचालन गरेर जिल्लाको समग्र शान्ति सुरक्षाको स्थितिको निगरानी शुरु गरिएको जानकारी दिए।

मोरङका १७ स्थानीय तहमा ३०० मतदानस्थल तोकिएको छ। यी मतदानस्थलअन्तर्गत ८३३ मतदान केन्द्रमा मतदाताले मत खसाल्ने सुविधा छ। निर्वाचनका लागि जिल्लामा चार हजार १०० कर्मचारी खटिने भएका छन्। सुरक्षालाई मजबुत बनाउन तीन हजार सुरक्षाकर्मी र तीन हजार १०० म्यादी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए। प्रत्येक मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी खटिने छन्। त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र त्यसभन्दा बाहिरी घेरा नेपाली सेनाले कभर गर्ने गरी सुरक्षा योजना बनाइएको हो।

केन्द्रीय सुरक्षा योजनाअनुसार जिल्लाको सुरक्षा योजनालाई आवश्कयक आधारमा व्यवस्थित गरिने छ। मोरङमा सामान्य, संवेदनशील र अतिसंवेदनशील गरेर तीन प्रकारका मतदान केन्द्र रहेका छन्। तर, सुरक्षालाई मध्यनजर गर्दै यी तीनै प्रकारका मतदान केन्द्रमा समान प्राथमिकतासहितको सुरक्षा घेरा निर्माण गरिने प्रमुख जिल्ला अधिकारी दाहालले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved