सरकारी र व्यावसायिक प्रयोगकर्तालाई मस्कले ट्वीटरमा चार्ज लगाउने

नेपालभ्युज

सरकारी र व्यावसायिक प्रयोगकर्तालाई मस्कले ट्वीटरमा चार्ज लगाउने

ट्वीटरलाई एकलौटी बनाएका एलोन मस्कले ट्वीटका प्लेटफर्मका व्यावसायिक र सरकारी प्रयोगकर्ताहरूले यसको प्रयोगको लागि पैसा खर्च गर्नुपर्ने बताएका छन्। उनले सामान्य प्रयोगकर्ताको अवस्था पनि प्रस्ट पारेका छन् ।

एलोन मस्कले ट्वीट गरेका छन्, जसमा उनले लेखेका छन्, ‘ट्वीटर अनौपचारिक प्रयोगकर्ताहरूका लागि सधैं निःशुल्क हुनेछ, तर व्यावसायिक र सरकारी प्रयोगकर्ताहरूले थोरै मूल्य तिर्नुपर्ने हुन सक्छ।”

उनले प्रमाणित ट्वीटहरू इम्बेड वा उद्धृत गर्न तेस्रो पक्ष वेबसाइटहरूबाट पैसा लिने पनि बताए। यससँगै मस्कले ब्लु टिक प्रिमियम सब्सक्रिप्शन सेवामा यसको मूल्य निर्धारण गर्ने कुरासमेत परिवर्तन गर्न सुझाव दिएका थिए। हाल, ट्विटर प्रिमियम ब्लू सेवाको लागत २.९९ डलर छ।

मस्कले ४४ मिलियन डलरमा ट्वीटर किन्ने सम्झौता गर्नेबित्तिकै मानिसहरूले मस्कलाई ट्वीटरमा कामका लागि सोध्न थालेका छन्। पोलिंग एप tdh की सहसंस्थापक निकिता बियरले ट्वीटमा सोधेकी छन्- मलाई ट्विटरमा प्रोडक्टको उपाध्यक्षको रूपमा नियुक्त गरोस्।’

उनले पोस्टमा उनले आफू ११ वर्षदेखि सोसल मिडिया एप्स विकास गर्दै आएको लेखेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved