लालबन्दी नगरपालिका ४ का वडाध्यक्ष बरालको निधन

नेपालभ्युज

लालबन्दी नगरपालिका ४ का वडाध्यक्ष बरालको निधन

सर्लाही। लालबन्दी नगरपालिका-४ का वडाध्यक्ष सोमनाथ बरालको निधन भएको छ।

नर्भिक अस्पताल काठमाडौंमा उनको निधन भएको परिवारले जनाएको छ। स्वास्थ्यमा समस्या आएपछि उनलाई यही १३ गते काठमाडौं ल्याइएको थियो। उपचार क्रममा आज (सोमबार) दिउँसो उनको निधन भएको हो।

६१ वर्षीय बराललाई पिसाबमा इन्फेक्सन देखिएको थियो। उनी २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved