पाल्पा : एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

नेपालभ्युज

पाल्पा : एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, दुई जना घाइते

बुटवल। स्थानीय तह निर्वाचनका लागि दलहरूले गरिरहेको घरदैलो कार्यक्रम गर्दैगर्दा पाल्पामा नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन्।

घरदैलो अभियानमा पाल्पाको रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा आइतबार नेकपा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप भएको थियो। नारा लगाउने विषयमा भएको विवादका कारण उत्पन्न झडपमा डिल्लीराज न्यौपाने र जीवन परियार घाइते भएका छन्।

प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचारप्रसारको क्रममा दुई पक्षबीच झडप भएको बताए।

कांग्रेस रामपुरले विज्ञप्ति निकालेर गठबन्धनका चुनाव प्रचारका क्रममा युवालाई एमाले कार्यकर्ताहरूले बिथोल्ने प्रयास गरेको आरोप लगाएको छ। कांग्रेस रामपुर नगरसभापति नेत्रप्रसाद भट्टराईले एमालेले नारा लगाउँदा हस्तक्षेप गरेको आरोप लगाए। एमालेका कार्यकर्ताले ‘कांग्रेसको पत्ता साफ’ भन्ने नारा लगाएपछि झडप भएको उनले बताए।

यता एमाले रामपुर नगरपालिका १०, गेझाका अध्यक्ष टंकप्रसाद खनालको कांग्रेसले घरदैलो कार्यक्रमको सही जानकारी नदिएका कारण नारा लगाउने क्रममा झडप भएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved