गभर्नरको रिटमाथिको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे आज आदेश आउने

आफूमाथिको कारबाहीविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आज पनि (शुक्रबार) सुनुवाइ हुने भएको छ।

नेपालभ्युज

गभर्नरको रिटमाथिको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिनेबारे आज आदेश आउने

काठमाडौं। आफूमाथिको कारबाहीविरुद्ध नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दर्ता गरेको रिट निवेदनमाथि आज पनि (शुक्रबार) सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतले आजका लागि पेशी तोकेको हो। शुक्रबार दुवै पक्षको बहस सुनेपछि सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्नेबारे आदेश गर्नेछ।

अन्तरिम आदेशलाई निरन्तरता दिएमा मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म गभर्नर अधिकारीले नियमित रुपमा काम गर्न पाउनेछन्। अन्तरिम आदेशले निरन्तरता नपाएमा भने गभर्नर माथिको छानबिन समिति सक्रिय हुनेछ र उनी फेरि निलम्बन हुनेछन्।
गोप्य सूचना चुहाएको अनि काममा असहयोग गरेको आरोपमा सरकारले गभर्नर अधिकारीमाथि छानबिन समिति गठन गरी उनलाई निलम्बन गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved