शुक्रबारदेखि देशभरका हवाई उडान रोक्ने वायुसेवा सञ्चालक संघको चेतावनी

संघका प्रवक्ता योगराज कँडेलले नयाँ स्लटअनुसार तत्काल हवाई उडान गर्न नसक्ने भएकाले स्लट संशोधन नभएसम्म उडान स्थगित गर्ने निर्णय गरिएको छ।

नेपालभ्युज

शुक्रबारदेखि देशभरका हवाई उडान रोक्ने वायुसेवा सञ्चालक संघको चेतावनी
फाइल तस्वीर

काठमाडौं। नेपाल वायुसेवा सञ्चालक संघले भोलि (शुक्रबार) देखि सम्पूर्ण हवाई उडान स्थगन गर्ने निर्णय गरेको छ। नागरिक उड्डयन प्राधिकरणले राति १२ बजेसम्म हवाई उडान गर्ने गरी १४ वैशाखमा नयाँ स्लट जारी गरेपछि विमान कम्पनीहरूले यसको विरोध जनाएका हुन्।

संघका प्रवक्ता योगराज कँडेलले नयाँ स्लटअनुसार तत्काल हवाई उडान गर्न नसक्ने भएकाले स्लट संशोधन नभएसम्म उडान स्थगित गर्ने निर्णय गरिएको छ।

क्यानले १५ वैशाखदेखि लागू हुने गरी नयाँ स्लट जारी गरी राति १२ बजेसम्म उडान भर्ने तालिका ल्याएकाले हवाई यसो गर्न नसकिने कँडेलले बताए। क्यानले ल्याएको नयाँ स्लट संशोधन नभएसम्म शुक्रबारदेखि सम्पूर्ण हवाई उडान बन्द गरिएको उनले बताए।

राति १२ बजेसम्म उडान गर्न पूर्वाधारको अभाव हुने संघले जनाएको छ।

प्राधिकरणले १४ वैशाखमा जारी गरेको उडान तालिकाबारेको सूचना यस्तो छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved