बैंकिङ कसूर मुद्दामा एक जना पक्राउ

नेपालभ्युज

बैंकिङ कसूर मुद्दामा एक जना पक्राउ

काठमाडौं। नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु २३ लाख ६५ हजार ४३४ जरिवना ठहर भएका एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को टोलीले बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन १६ र १७ गतेको फैसलाअनुसार १२ दिन कैद सजाय र बिगो बमोजिम रु २३ लाख ६५ हजार ४३४ जरिवना तोकेपछि फरार रहेका बर्दिया घर भई नयाँ बानेश्वर बस्दै आएका ३४ वर्षीय दिनेशभक्त वलीलाई आज पक्राउ गरेको हो।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैंकिङ कसूरजन्य अपराध गरेकाले वलीलाई आज ललितपुरको ग्वार्कोबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका वलीले आफ्नो प्रभु बैंक लिमिटेड कोटेश्वर शाखा र एसबिआई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसूरजन्य अपराध गरेका थिए। उनलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौं जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved