नेताहरूले राजनीतिलाई मनोरञ्जनमय बनाए : कांग्रेस प्रवक्ता महत

नेपालभ्युज

नेताहरूले राजनीतिलाई मनोरञ्जनमय बनाए : कांग्रेस प्रवक्ता महत
फाइल तस्वीर

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेकपा एमालेका नेता केशव स्थापितले चुनाव नजित्ने जिकिर गरेका छन्। काठमाडौंको मेयरमा उम्मेदवारी दिएकी सिर्जना सिंहको प्रतिवद्धतापत्र सर्वाजनिक कार्यक्रममा उनले स्थापितलाई चुनाव जित्न चुनौती दिँदै फेरि मेयरमा जित्छु भनेर सपना देख्न बन्द गर्न आग्रह गरे।

‘‘गेम इज ओभर रे, म भन्छु उहाँको गेम इज ओभर,” उनले भने, ‘‘अब बागमतीमा धेरै पानी बगिसकेको छ फेरि फर्किएर आउँछु भन्ने सपना नदेखे हुन्छ।”

बागमतीको धेरै पानी बगिसकेकाले अब त्यो पानी नफर्किए जस्तै स्थापित काठमाडौंको मेयरमा नफर्किने दाबी उनले गरे। उनले एमालेलाई लक्षित गर्दै नेताहरूले राजनीतिलाई मनोरञ्जनमय बनाएको आरोप लगाए।

‘‘हाममीलाई जसले ज्यादा मनोरञ्जन दिन्छ, त्यसैलाई निर्वाचित गर्ने हो कि भन्ने भ्रम पैदा हुन थालेको छ,” उनले भने, ‘‘राजनीति मनोरञ्जनको विषय होइन, अरु पार्टी कुरा गर्छन् नेपाली कांग्रेस काम गर्छ।’’

प्रवक्ता महतले नेपाली कांग्रेसप्रति एमालेका अध्यक्ष ओलीले विभिन्न आरोप लगाएको र निर्वाचन आयोगले जारी गरेको आचारसंहीताको धज्जी उडाएको आरोप लगाए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved