मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ।

नेपालभ्युज

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

म्याग्दी। म्याग्दीको मालिका गाउँपालिका–६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग ९ प ७४७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मालिका गाउँपालिका–५ गरजराका २३ वर्षीय भविन्द्र किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।

किसानको घटनास्थलमै मृत्यु भएको हो। मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका–२ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ।

बिहान ३ बजे मोटरसाइकल सडकबाट करीब १०० मिटर तल खसेको थियो। उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved