एलन मस्कले भने, ‘म कोकाकोला किन्छु र त्यसमा कोकिन मिलाउन सकूँ

नेपालभ्युज

एलन मस्कले भने, ‘म कोकाकोला किन्छु र त्यसमा कोकिन मिलाउन सकूँ

टेस्लाका सीईओ एलन मस्कले चाँडै नै कोकाकोला किन्न लागेको बताएका छन्। उनले यसमा ‘कोकिन थप्न’ सकूँ बताएका छन्। तर मस्कको यो ट्वीटबाट केही स्पष्ट भएको छैन।

मस्कले ट्वीटरमा लेखेका छन्, ‘अब, म कोकिन मिलाउन कोकाकोला किन्दै छु।’

त्यसको केही समयपछि मस्कले अर्को ट्वीट गरे । यसमा उनले आफ्नै ट्विटर ह्यान्डलबाट एउटा ट्विटको स्क्रिनसट शेयर गरेका छन्, जसमा लेखिएको छ, ‘अब म म्याकडोनाल्ड्स किन्छु र सबै आइसक्रिम मेसिन ठीक गर्छु।

स्क्रिनसटसँगै मस्कले लेखेका छन्, ‘सुन्नुहोस्, म चमत्कार गर्न सक्दिनँ। ठीक छ।’

मस्कले ट्वीटर निजी बनाए 

मस्कले माइक्रो ब्लगिङ साइट ट्विटर किन्न ४४ अर्ब डलरको सम्झौता गरेका थिए । ट्विटरको प्रत्येक शेयरका लागि ५४.२० डलर तिरेका छन्। ट्विटरमा उनको पहिले नै ९५ प्रतिशत शेयर थियो।

उनी ट्विटरका सबैभन्दा ठूलो शेयर होल्डर थिए। पछिल्लो सम्झौतापछि कम्पनीमा उनको शतप्रतिशत हिस्सेदारी भएको छ। र ट्विटर उनको निजी कम्पनी बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved