गभर्नर अधिकारीको मुद्दाको पेशी आज, के आउला फैसला ?

हेर्दाहेर्दैको सूचीमा राखिएको गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि अर्को पेसी आज बिहीबारका लागि तोकिएको छ। सर्वोच्च अदालतमा गभर्नर अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाइ नभएपछि हेर्दाहेर्दैमा आजको लागि राखिएको हो।

नेपालभ्युज

गभर्नर अधिकारीको मुद्दाको पेशी आज, के आउला फैसला ?
फाइल तस्वीर

काठमाडाैं। हेर्दाहेर्दैको सूचीमा राखिएको गभर्नर महाप्रसाद अधिकारीको रिटमाथि अर्को पेसी आज बिहीबारका लागि तोकिएको छ। सर्वोच्च अदालतमा गभर्नर अधिकारीले दायर गरेको रिटमा मंगलबार सुनुवाइ नभएपछि हेर्दाहेर्दैमा आजको लागि राखिएको हो।

सरकारले छानबिन अघि बढाएपछि निलम्बनमा परेका गभर्नर अधिकारीले आफूमाथि छानबिन कार्य रोक्न भन्दै वैशाख ५ गते सर्वोच्च मुद्दा दायर गरेका थिए। वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले छानबिन रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो।

साथै, वैशाख १३ गते दुवै पक्षलाई छलफलका लागि सर्वोच्चले बोलाएको थियो। मंगलबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंक बहादुर मोक्तानको संयुक्त इजलासले मुद्दाको सुनुवाइ गर्न नसकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। अव भने आज के फैसला आउला चासोको विषय बनेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved