एमसीसीबाट अमेरिकी सेना आए कांग्रेस अग्रपंक्तिमा रहेर लड्छः गृहमन्त्री खाँण

नेपालभ्युज

एमसीसीबाट अमेरिकी सेना आए कांग्रेस अग्रपंक्तिमा रहेर लड्छः गृहमन्त्री खाँण

काठमाडौं। गृहमन्त्री बालकृष्ण खाँणले नेपालकै प्रस्तावमा एमसीसी आएको दाबी गरेाक छन्।

बुधबार नेपाल तरुण दलले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो एमसीसी प्रस्ताव पास हुनु नेपालकै लागि ज्यादै ऐतिहासिक र महत्वपूर्ण कार्य भएको बताए। यो परियोजनाले नेपालमा गरिबी निवारण र नेपालमा रोजगारी अभिवृद्धिका लागि महत्वपूर्ण सहयोग पुग्ने विश्वास पनि उनले व्यक्त गरे।

कतिपयले एमसीसी पास गरेपछि अमेरिकाबाट सेना र बम बारुद आउँछ भन्ने भ्रम छरिरहेको उल्लेख गर्दै बिजुलीको तारबाट बम बारुद र सेना नआउने जिकिर गरे।

पूर्ववर्ती सरकारले करीब चार वर्षसम्म एमसीसी परियोजनालाई अनिर्णयको बन्दी बनाएर नेपालको भौतिक विकासमा अवरोध सिर्जना गरेको पनि उनले आरोप लगाए। एमसीसी परियोजनाबाट बम, बारुद र सेना आए नेपाली कांग्रेस अग्रपंक्तिमा रहेर लड्ने उनको भनाइ थियो।

यो परियोजनाले नेपालको जलविद्युतको विकासका लागि धेरै ठूलो आयाम स्थापित गर्ने दाबीसमेत उनले गरे। गृहमन्त्री खाँणले अहिले नेपाललाई अर्थतन्त्रको समस्या रहेको भन्दै अर्थतन्त्रलाई उकास्न पेट्रोलियम पदार्थको आयात कम गरी विद्युतीय साधनमा जोड दिए। खाँणले नेपालको अर्थतन्त्रलाई उकास्न र पेट्रोलियम पदार्थको आयातलाई कम गर्न एमसीसी कोशेढुंगा साबित हुने दाबी गरे।

गृहमन्त्री खाँणले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको कार्यकालमा नेपाली कांग्रेस देशकै ठूलो पार्टी बन्ने दाबीसमेत गरे। उनले जितसँगै नेपाली कांग्रेसको अग्रसरतामा देशले विकासमा फड्को मार्ने पनि बताए।

गृहमन्त्री खाँणले स्थानीय तह निर्वाचनका लागि टिकट दिने क्रममा अनियमितता भए त्यसको अनुसन्धान हुने र कारबाही गरिने प्रतिबद्धता जनाए। स्थानीय तह निर्वाचनमा कतै त्रुटि र कमजोरी भए त्यसलाई सच्याएर अघि बढ्ने विश्वास पनि उनले व्यक्त गरे। उनले गठबन्धनलाई कांग्रेसको महाधिवेशनले पनि स्वीकारेकाले स्थानीय तहको निर्वाचनमा केन्द्रले गरेको निर्णयलाई स्वीकारेर अघि बढ्न पनि पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved