निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एस मकवानपुरका अध्यक्षद्वारा राजीनामा

उनीसँगै जिल्ला सचिवालयसदस्य वीरेन्द्र डीसीसहित ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

नेपालभ्युज

निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै नेकपा एस मकवानपुरका अध्यक्षद्वारा राजीनामा

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीबाट राजीनामा दिएका छ्न्। स्थानीय तहको निर्वाचनपछि पार्टी देशव्यापी रूपमा कमजोर हुने भन्दै उनले राजीनामा दिएका हुन्।

बुधबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको सदस्य समेत नरहने गरी राजीनामा दिएको घोषणा गरेका छन्। निर्वाचनपछि पार्टी कमजोर हुने र नेपालको कम्युनिष्ट आन्दोलनसमेत क्षत-विक्षत हुने ठहर विज्ञप्तिमा उल्लेख छ।

गठबन्धनको नाममा कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने षड्यन्त्र भएकाले आफूले पार्टी छाडेको उनले बताएका छन्।

पोखरेलको नाम हेटौँडा उपमहानगरपालिकाको मेयरको लागि सिफारिस पनि भएको थियो। पछि नेकपा एसबाट गठबन्धनको लागि मीना लामा उम्मेदवार बनेकी थिइन्। उनीसँगै जिल्ला सचिवालयसदस्य वीरेन्द्र डीसीसहित ३० जनाभन्दा बढी नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved