बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने सत्ता गठबन्धनको चेतावनी

जिल्लाका १२ ओटै पालिकामा सत्ता गठबन्धनबीच सिट भागबन्डा भएको थियो। दलहरुको भागबन्डाविपरीत अधिकांश पालिकामा बागी उम्मेदवारी परेको छ।

बागी उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने सत्ता गठबन्धनको चेतावनी

धनगढी। बझाङमा सत्ता गठबन्धनले सिट भागबन्डामा सहमतिविपरीत बागी उम्मेदवारी दिएका उम्मेदवारले फिर्ता नलिए कारबाही गर्ने भएको छ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ।

कारबाही गर्ने विषय उल्लेख गरेर तीन ओटै दलका केन्द्रीय सदस्यहरु प्रकाश रसाइली स्नेही, देवराज रेग्मी र दिलबहादुर सिहंले संयुक्त विज्ञप्ति जारी गरेका छन्।

‘तालमेलको भावना र आफ्नो पार्टीको शीर्ष नेतृत्वको निर्णयविरुद्ध मनोनयन दर्ता गरेका बागी उम्मेदवारहरुले आफ्नो उम्मेदवारी तत्काल फिर्ता लिन संयुक्त रुपमा निर्देशन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘बागी उम्मेदवारी फिर्ता नलिएमा उम्मेदवारका समर्थक, प्रस्तावक, साझा उम्मेदवारविरुद्ध चुनाव प्रचार प्रसार गर्ने र असहयोग गर्ने सबैलाई कारबाही गर्ने सूचित गरिन्छ।’

जिल्लाका १२ ओटै पालिकामा सत्ता गठबन्धनबीच सिट भागबन्डा भएको थियो। दलहरुको भागबन्डाविपरीत अधिकांश पालिकामा बागी उम्मेदवारी परेको छ।

धेरै स्थानीय तहमा कांग्रेस एक्लै लड्ने भन्दै उम्मेदवारी दिएको छ। कांग्रेसले एकल उम्मेदवारी दिएको पालिकामा नेकपा एस र माओवादीहरुले तालमेल गरेर उम्मेदवारी दिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved