नेपाली पात्रोमा नेपालभ्यूज डटकम

एप्स तथा वेबसाइटमा पलपलमा ताजा समाचारहरू पढ्न सकिने ‘नेपाली पात्रोका’ सिइओ सन्तोषकुमार देवकोटाले बताए।

नेपालभ्युज

नेपाली पात्रोमा नेपालभ्यूज डटकम

काठमाडौं। लोकप्रिय मोबाइल एप्स तथा वेबसाइट नेपाली पात्रोमा ‘नेपालभ्यूज डटकम’ को समाचार रिले हुन थालेको छ। मोबाइल एप्स तथा वेबसाइट ‘नेपाली पात्रो डटकम डटएनपी’मा डिजिटल मिडिया हाउसद्वारा सञ्चालित ‘नेपालभ्यूज डटकम’ मा प्रकाशित सामग्री पढ्न सकिने भएको हो।

एप्स तथा वेबसाइटमा पलपलमा ताजा समाचारहरू पढ्न सकिने ‘नेपाली पात्रोका’ सिइओ सन्तोषकुमार देवकोटाले बताए।

सन् २००६ मा सार्वजनिक यो एप्स नेपालको पहिलो कम्युनिटी एप्स हो। ‘नेपाली पात्रो’ एप्स डाउनलोड गरेर क्यालेन्डर, राशिफल, परामर्श, ब्लग, समाचार, रेडियो, विदेशी विनिमयलगायतका विभिन्न उपयोगी सेवाहरू लिन सकिनेछ। साथै वेबसाइटबाट समेत सेवा लिन सकिन्छ।


Comment

One thought on “नेपाली पात्रोमा नेपालभ्यूज डटकम

  1. मैले चाहि हाम्रो पात्रोबाट पढेको है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved