सक्रिय राजनीतिबाट बिदा लिने कांग्रेस नेता गुरुराज घिमिरेको संकेत

नेपालभ्युज

सक्रिय राजनीतिबाट बिदा लिने कांग्रेस नेता गुरुराज घिमिरेको संकेत

काठमाडौं। नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले स्थानीय निर्वाचनलगतै सक्रिय राजनीतिबाट बिदा लिने संकेत गरेका छन्। सामाजिक सञ्जालमार्फत घिमिरेले यस्तो उल्लेख गरेका छन्। कांग्रेसको पूर्वकेन्द्रीय सदस्य रहेका घिमिरे गत महाधिवेशनमा प्रदेश १ को सभापतिमा उद्धव थापासँग २ मतले पराजित भएका थिए।

उनले स्थानीय निर्वाचनमा उम्मेदवार बन्नेहरूलाई जितको शुभकामना समेत दिएका छन् । सामाजिक सञ्जालमा उनका शुभेच्छुकहरूले राजनीति छाड्ने निर्णय नलिन सुझाव दिएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved