मिथिलामा राजाराम महतो एमालेका उम्मेदवार, एकल सिफारिस भएका हरिनारायणको टिकट खोसियो

रोचक कुरा त यसअघिको चुनावमा कांग्रेसको बागी बनेर चुनाव लडेका राजारामलाई हरिनारायणले नै पहल गरेर एमालेमा प्रवेश गराएका थिए।

मिथिलामा राजाराम महतो एमालेका उम्मेदवार, एकल सिफारिस भएका हरिनारायणको टिकट खोसियो

जनकपुरधाम। धनुषाको मिथिला नगरपालिकामा नेकपा एमालेबाट टिकटका लागि एकल सिफारिस भएका निवर्तमान मेयर हरिनारायण महतोको टिकट अन्तिम समयमा आएर खोसिएको छ।

एमालेबाट मिथिला नगरपालिकाको मेयरमा राजाराम महतोले टिकट प्राप्त गर्न सफल भएका छन्।

राजाराम पूर्व रियलस्टेट व्यवसायी हुन्। २०७४ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाउँदा स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए।

राजाराम कांग्रेसको बागी उम्मेदवार भएपछि एमालेबाट हरिनारायणलाई जित्न त्यतिबेला सहज भएको थियो।

एमाले धनुषा जिल्ला अध्यक्ष रहिसकेका हरिनारायणले टिकट वितरणमा नेता रघुवीर महासेठले मनोमानी गरेको आरोप लगाए। उनले टिकट वितरणमा रातारात खेल भएको र आज सोमबार बिहानमात्रै आफूलाई टिकट नदिने निर्णय भएको जानकारी प्राप्त गरेको बताए।

उनले अब आफूले के गर्ने बारे थप रणनीति बनाउन नेता कार्यकर्तासँग छलफल गरिरहेकोे बताए।

रोचक कुरा त यसअघिको चुनावमा कांग्रेसको बागी बनेर चुनाव लडेका राजारामलाई हरिनारायणले नै पहल गरेर एमालेमा प्रवेश गराएका थिए। निवर्तमान मेयर हरिनारायण एमालेका केन्द्रीय सदस्य समेत हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved