डा. शेखर कोइरालाले लबिङ गर्दै आएका नागेशले पाए विराटनगरको मेयरमा टिकट

नेपालभ्युज

डा. शेखर कोइरालाले लबिङ गर्दै आएका नागेशले पाए विराटनगरको मेयरमा टिकट

विराटनगर। स्थानीय तह निर्वाचनका निम्ति विराटनगरको मेयरमा सत्ता गठबन्धनबाट नागेश कोइरालाले टिकट पाउने पक्का भएको छ।

लामो समयको छलफलपछि आइतबार दिउँसो नेपाली कांग्रेसका जिल्ला उपाध्यक्ष रहेका कोइरालाले मेयरको टिकट पाएका कांग्रेस विराटनगर महानगर कमिटीका सभापति दीपक चापागाईंले जानकारी दिए। उनको पक्षमा डा. शेखर कोइरालाले लबिङ गर्दै आएका थिए।

विराटनगरको मेयरको टिकट दौडमा पार्टी सभापति शेरबहादुर देउवाले अमृत अर्याल र कृष्णप्रसाद सिटौलाले यसअघिका मेयर भीम पराजुलीलाई अघि सार्दै आएका थिए। तर, शेखरको प्रस्तावमा नेताहरू विमलेन्द्र निधि र शशांक कोइराला पनि सकारात्मक देखिएपछि नागेशले मेयरको टिकटमा बाजी मार्न सफल भएका हुन्।

केन्द्रको निर्णयानुसार उनले महानगर प्रमुखको टिकट पाएका चापागाईंले बताए। उनले भने, “अबको केहीबेरमै सहमतिसहित पत्र आउँछ।’

गठबन्धनबाट मेयरको नाम टुंगो लागे पनि उपमेयरको नाम अझै फाइनल भएको छैन। उपमेयर पाएको जसपाले उपमेयरका लागि केन्द्रमा छलफल भइरहेको जनाएको छ। जसपाबाट विराटनगरको उपमेयरमा भने भुराज राई, अमरेन्द्र यादव र सदिना खातुनको नाम सिफारिस गरिएको छ। सम्भवतः बेलुकासम्म निष्कर्ष आउने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved