जसपा परित्याग गरेका यादवले दिए विराटनगरमा स्वतन्त्र उम्मेदवारी

नेपालभ्युज

जसपा परित्याग गरेका यादवले दिए विराटनगरमा स्वतन्त्र उम्मेदवारी

विराटनगर। जनता समाजवादी पार्टी परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेका थिए। उनले अन्य कुनै पार्टी प्रवेश नगर्ने समेत जानकारी गराएका थिए।

नेता यादवले गठबन्धनबाट कार्यकर्तालाई ठूलो धोका भएको चर्चा गर्दै महानगर प्रमुखको पदमा स्वतन्त्र उम्मेदवारी दिएका हुन्। २०७४ सालको निर्वाचनमा जसपाबाट महानगर प्रमुख पदमा उम्मेदवारी दिई यादवले तेस्रो स्थान ल्याएका थिए।

विराटनगरको ५, ६, १२,१३, १४, १५, १६, १७ र १८ नम्बर वडा नेता यादवको बलियो पकड भएको वडा मानिन्छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved