एमालेले बुटवलमा जनमुक्ति पार्टीसँग तालमेल गर्ने

नेपालभ्युज

एमालेले बुटवलमा जनमुक्ति पार्टीसँग तालमेल गर्ने

बुटवल। आसन्न स्थानीय तहको निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा (एमाले) र राष्ट्रिय जनमुक्ति पार्टीबीच तालमेल हुने भएको छ। शनिबार एमाले नगर अध्यक्ष किसन गुरुङ र जनमुक्ति नगर अध्यक्ष भेक बहादुर सारु मगरले चुनावी तालमेलको सम्झौता गरेका हुन्।

सहमतिअनुसार उपमहानगर प्रमुख, उपप्रमुखसहित सबै वडाअध्यक्ष समेत ८६ पदहरूमा राष्ट्रिय जनमुक्ति पार्टीले नेकपा एमालेको पक्षमा मतदान गर्ने र राष्ट्रिय जनमुक्ति पार्टीले प्राप्त गरेका ११ जना सदस्यको पदमा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई मतदान गर्ने सहमति भएको हो।

यो सहमतिसँगै निर्वाचन कार्यालय स्थापना, प्रचारप्रसारलगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामह दुवै पार्टीले संयुक्त रुपमा सञ्चालन गर्नेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved