ओलीले गरे कुलमानको खुलेर विरोध (भिडिओ)

नेपालभ्युज

ओलीले गरे कुलमानको खुलेर विरोध (भिडिओ)

काठमाडौं ।  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको खुलेर आलोचना गरेका छन्। ललितपुरको गोदावरीमा बुधबार (आज) आयोजित एमालेको ‘युवासँग म’ कार्यक्रममा ओलीले लोडसेडिङ अन्त्य भयो भनेर प्रचारप्रसार गरिए पनि लोडसेडिङ अन्त्य नभएको दाबी गरे।

नेकपा (माओवादी केन्द्र) ले आफ्नो चुनावी प्रचारमा कुलमानको फोटो टाँसेकोप्रति उनले विरोध जनाए। भने,  ‘एउटा पार्टीले त एउटा कर्मचारीको फोटो लिएर भोट माग्दै हिँड्ने, लोगो पनि बनाएको थियो, पछि त्यो कर्मचारीले लाज मानेर मेरो फोटो हटाऊ भनेछन्। लोडसेडिङ यस्तो छ, बोल्दै गर्दा तीन पटक बत्ती, चार रुपैयाँमा भारतलाई बिजुली बेचेर ३८ रुपैयाँ युनिटमा किन्ने गर्या छ, ३४ रुपैयाँ प्रतियुनिट घाटामा, यस्ता व्यक्तिहरूको फोटो लिएर भोट माग्न हिँड्ने पार्टीहरू पनि छन् गठबन्धनभित्र।”

उनले गठबन्धनको विरोध आलोचना गर्न आफू नआएको पनि बताएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved