‘चुनावमा राम्रो मत आए कम्युनिष्ट मिल्छन्, ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछन्’

नेपालभ्युज

‘चुनावमा राम्रो मत आए कम्युनिष्ट मिल्छन्, ओलीले प्रचण्डलाई प्रधानमन्त्री बनाउँछन्’

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी बन्न नहुने बताएका छन्।

बुधवार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा नेता रिजालले रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आए पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उनले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकिर गरे।

नेता रिजालले एक्लाएक्लै निर्वाचनमा जाँदा कांग्रेसलाई केही सिट कमी आए पनि देशको भलो हुने बताए। उनले स्थानीय निर्वाचनमा माओवादीले धेरै सिट ल्याएको खण्डमा नेकपा एमाले र नेकपा एमालेले धेरै सिट ल्याएको खण्डमा नेकपा माओवादी केन्द्र एक अर्कालाई प्रधानमन्त्रीको प्रस्ताव लिएर जानसक्ने आशंका व्यक्त गरे।

नेता रिजालले भन्नुभयो, ‘नेकपा आपसी गठबन्धनलाई व्यवस्थापन गर्न नसकेर अहिले फुटमा छन्। उनीहरूको आपसको कलह होला। आपसमा एउटाले अर्कोलाई सक्ने सोच होला। कांग्रेस त्यो लडाइँको सहभागी बन्न सक्दैन। र बन्नु पनि हुँदैन। स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा केपी शर्मा ओली दौडेर पुष्पकमल दाहालकोमा पुग्नेछन्। प्रधानमन्त्री बन्नुपर्‍यो प्रचण्डजी। यो गठबन्धन छोड्नुहोस् प्रधानमन्त्री बन्नुपर्छ भनेर। त्यतिबेला प्रचण्डले मान्छन् यहाँ बसिराख्न ? केपी शर्मा ओलीको प्रस्तावमा प्रधानमन्त्री बन्न पुग्छन्। यदी कांग्रेस, माओवादी, समाजवादी कसैको पनि राम्रो मत परिणाम आएन भने प्रचण्ड केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव लिएर नजालान् ? त्यसलाई हामीले हेर्ने कि नहेर्ने ? सिट कति पाइन्छ होइन, राजनीतिमा कति कम्युष्टिलाई शिरमा लिएन हिँड्ने ?

नेता रिजालले नेपाली कांग्रेसले नेपालको राजनीतिमा एकातिर कम्युनिष्ट आन्दोलनको लडाइँ र अर्कोतिर कम्युष्टि बोकेर कहिलेसम्म हिँड्ने भन्दै प्रश्न गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved