बुटवलमा मेयर सिफारिस भएका पाण्डेप्रति कांग्रेसकै नेताहरूको असन्तुष्टि

नेपालभ्युज

बुटवलमा मेयर सिफारिस भएका पाण्डेप्रति कांग्रेसकै नेताहरूको असन्तुष्टि

बुटवल । बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकामा स्थानीय निर्वाचनका लागि गरिएको सिफारिसप्रति नेपाली कांग्रेसभित्र तीव्र असन्तुष्टि चुलिएको छ। कांग्रेस नगरसमितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत सिफारिस गरेको बताएको थियो।

त्यस्तै उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको थियो।

आज गरेको उक्त सिफारिसप्रति यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरूले एक वक्तव्य जारी गर्दै विरोध जनाएका छन्। नगरसमितिले गरेको सिफारिस बदर गर्न लुम्बिनी प्रदेश समितिसमक्ष कांग्रेसका असन्तुष्ट पक्षहरूले माग गरेका छन्।

‘घरघरमा माइन्युट डुलाएर सर्वसम्मत सिफारिसमा हस्ताक्षर गराएको कुरा आएको त्यो हामीलाई मान्य छैन,” कांग्रेसका एक क्षेत्रीय पदाधिकारीले बताए। यो निर्णयविरुद्ध उनीहरूले प्रदेश समिति र जिल्ला समितिलाई ज्ञापन पत्रसमेत बुझाएका छन्।

उक्त ज्ञापनपत्रमा क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ ‘क’ र ‘ख’ का सभापतिहरू क्रमशः पर्शुराम ढकाल र खड्क बहादुर महतलगायत महेशमान सिंह, जनक कोइराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, चुन्नु प्रसाद पौडेल, रवीन्द्र श्रेष्ठ, जितबहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराइ, नरेश्वर पौडेल, गोकर्ण बन्जाडे, रामेश्वर श्रेष्ठ मुक्ति अधिकारी र जोग बहादुर खत्रीको हस्ताक्षर रहेको असन्तुष्ट पक्षका नेता जनक कोइरालाले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved