पोखरा महानगरपालिका उपमेयरमा प्रचण्डकी बुहारी सिफारिस

नेपालभ्युज

पोखरा महानगरपालिका उपमेयरमा प्रचण्डकी बुहारी सिफारिस

पोखरा । पोखरा महानगरको उपमेयरमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहालकी बुहारी सिर्जना त्रिपाठी पनि सिफारिस भएकी छन्। महानगर कमिटीको सोमबार बिहान बसेको बैठकले मेयर र उपमेयर सिफारिस गर्दा उनी पनि परेकी हुन्। त्रिपाठीसँगै उपमेयरमा गोमा ढकाल र महानगर सदस्य सूर्यप्रकाश तिवारी सिफारिस भएका छन्।

अध्यक्ष प्रचण्डका दिवंगत छोरा प्रकाश दाहालकी दोस्रो पत्नी हुन् सिर्जना। प्रकाशको मृत्युपछि त्रिपाठी पोखराको राजनीतिमा सक्रिय छिन्। महानगर समितिको बैठकले मेयरमा प्रदेश कमिटी सदस्य विश्वप्रकाश लामिछाने, सीता खड्का र जिल्ला संयोजक बखानसिंह गुरुङलाई सिफारिस गरेको छ।

माओवादीको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य पनि हुन् त्रिपाठी।

यस्तै महानगर प्रमुखमा प्रस्तावित गुरुङ पार्टी कास्की संयोजक हुन्। लामिछाने प्रदेश कमिटीका सदस्य तथा महानगरका निर्वतमान अध्यक्ष हुन्।

उपप्रमुखकी उम्मेदवार ढकाल अघिल्लो निर्वाचनमा पनि माओवादीबाट उम्मेदवार थिइन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पोखरा महानगर इन्चार्ज दीपक कोइरालाले पार्टीले तय गरेको मापदण्डमा रहेर उम्मेदवार सिफारिस गरिएको बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved