पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत रहेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको हो।

नेपालभ्युज

पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

काठमाडौं। सरकारले ६ र ७ वैशाखमा पाँच वर्ष मुनिका बालबलिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ।

राष्ट्रिय भिटामिन कार्यक्रम अन्तर्गत रहेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको पोषण शाखाले जनाएको छ।

पाँच वर्षभन्दा कम उमेरका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करीब २४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने योजना रहेको शाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved