रहेनन् वडासदस्य सत्याल

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी थिए।

नेपालभ्युज

रहेनन् वडासदस्य सत्याल
सांकेतिक तस्वीर।

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ। विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी थिए।

उनी काठमाडौं क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए। उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved