नेकपा एसबाट धनगढी उपमहानगरपालिका मेयरमा तीन जना सिफारिस

नेपालभ्युज

नेकपा एसबाट धनगढी उपमहानगरपालिका मेयरमा तीन जना सिफारिस

धनगढी। स्थानीय निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) धनगढी उपमहानगर कमिटीले उम्मेदवार सिफारिस गरेको छ।

आइतबार धनगढी उपमहानगर कमिटीको बैठकले नगर प्रमुखमा मदनराज रेग्मी, लोकेन्द्र बानियाँ र उपमेयरमा रोजी बस्नेतलाई सर्वसम्मत उम्मेदवार छानेको हो।

नगर प्रमुखका उम्मेदवार रेग्मी धनगढी उपमहानगर कमिटी अध्यक्ष हुन भने बाँनिया प्रदेश कमिटी सदस्य हुन। उपमेयर बस्नेत उपमहानगर कमिटी उपाध्यक्ष हुन्।

धनगढीका सबै वडा (१९ वटा) मा नेकपा एसले उम्मेदवारी घोषणा गरी चुनावमा होमिने निर्णयसमेत गरेको छ। वडाध्यक्षको सवालमा वडाबाट आएका सिफारिसका आधारमा जिल्ला किमटीले टुंग्याउने छ भने वडा सदस्यको हकमा नगर कमिटीले उम्मेदवार चयन गर्ने नगर कमिटी अध्यक्ष रेग्मीले बताए। पार्टीले उपमहानगरका १९ वटै वडामा कमिटी र टोल कमिटी गठन गरिसकेको छ।

उपमहानगरपालिकामा समाजवादीले ८ हजार बढी सदस्यता वितरण गरेको जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved