भीम रावलको प्रश्न : के ‘सूर्य’ बिक्री हुने व्यावसायिक चिह्न हो ?

रावलले सूर्य चिह्नबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवार उठाएर ‘ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ?’ भन्दै प्रश्न गरेका छन्।

नेपालभ्युज

भीम रावलको प्रश्न : के ‘सूर्य’ बिक्री हुने व्यावसायिक चिह्न हो ?
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले राप्रपा नेपाल र परिवार दलका उम्मेदवारले सूर्य चिह्नबाट चुनाव लड्ने विषयलाई लिएर पार्टी नेतृत्वमाथि प्रश्न उठाएका छन्।

रावलले सामाजिक सञ्जालमार्फत कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकाल नेतृत्वको परिवार दलका उम्मेदवारले सूर्य चिह्नबाट चुनाव लड्नका लागि भएको सहमतिलाई लिएर एमाले नेतृत्वमाथि प्रश्न उठाएका हुन्।

रावलले सूर्य चिह्नबाट राप्रपा नेपाल र परिवार दलका उम्मेदवार उठाएर ‘ठूलो ठेकेदारले ठेक्का लिएर सानो ठेकेदारलाई काम दिएजस्तो गर्न मिल्छ र ?’ भन्दै प्रश्न गरेका छन्।

रावलले लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिह्न बिक्री हुने व्यावसायिक चिह्न हो र ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved