केही सन्की मानिसका कारण देशको नीति भाँडियोः योगेश भट्टराई

नेपालभ्युज

केही सन्की मानिसका कारण देशको नीति भाँडियोः योगेश भट्टराई

काठमाडौं। नेकपा एमालेका सचिव योगेश भट्टराईले केही मानिसहरूको सन्कीपनले देशका नीतिहरू भाँडिएको आरोप लगाएका छन्।

सोमवार काठमाडौंमा २७ चैतबाट शुरु स्वास्थ्य वैज्ञानिकहरूको आठौं सम्मेलनमा सचिव भट्टराईले देशमा विदेशी मुद्राहरूको सिञ्चिति घटिरहेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए। एमाले सचिव भट्टराईले नेपाललले अहिले विदेशी मुद्रा आयात गर्नेभन्दा स्वदेशी मुद्रालाई बाहिर पठाइरहेको पनि बताए।

उनले नेपालमा शिक्षा र स्वास्थ्यमा भएको नियोजनका कारण नेपाली विद्यार्थीहरू विदेश पलायन भइरहेको बताए। सचिव भट्टराईले जनशक्ति उत्पादन दिने कुरामा ध्यान दिँदै जनसंख्या र जनशक्ति उत्पादन गर्ने कुरालाई सन्तुलित बनाउन आवश्यक रहेको बताए।

सचिव भट्टराईले भने, “केही मानिसहरूको सन्कीपनले हाम्रा नीतिहरू भड्किएका छन्। केही मानिसहरूको अग्र्यल्याँइले हाम्रा नीतिहरू गलत ठाउँमा गएका छन्। आज हामीसँग विदेशी मुद्राहरूको सिञ्चिति छैन, घटिरहेको छ। चिन्ता व्यक्त भइरहेको छ। किनभने हामीले ज्यादा भन्दा ज्यादा निर्यात गरिरहेका छौँ। त्यो मात्रै होइन, आज शिक्षा, स्वास्थ्यमा भएको नियोजनले हाम्रा कतिपय विद्यार्थीहरू पढ्नको लागि विदेश पलायन भइरहेका छन्। त्यसले हाम्रो मुद्रा कति बाहिरीरहेको छ। के हामीले यसको कुनै आँकलन गरेका छौँ ?”

सचिव भट्टराईले कुनै पनि उमेर समूहका मानिसहरूलाई स्वास्थ्यको आधारभूत सेवाबाट वञ्चित गर्न नहुने पनि बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved