पाकिस्तानमा इमरान-भारतमा सिद्धुले नबुझेको क्रिकेट र राजनीतिको अन्तर

पाकिस्तानमा इमरान-भारतमा सिद्धुले नबुझेको क्रिकेट र राजनीतिको अन्तर

पाकिस्तानमा असंवैधानिक रूपमा संसद् विघटन गर्ने इमरान खानको प्रयास सफल भएन। अदालतले निर्णय उल्ट्याइदिएपछि बसेको पुनर्स्थापित संसद्को बैठकले अविश्वास प्रस्ताव पारित गर्दै उनलाई पदमुक्त गरेको छ।

अर्कोतर्फ केहीअघि मात्रै भारतका नवजोत सिंह सिद्धु पञ्जाबको चुनावमा नराम्ररी पराजित भएका थिए, त्यसपछि उनले कांग्रेस आईको प्रदेश अध्यक्षको पद पनि गुमाए।

पाकिस्तान र पञ्जाबको राजनीतिक परिदृश्यमा भलै आकाश–जमिनको अन्तर हो। तर, क्रिकेटरबाट नेता बनेका यी दुईको उत्थान र पतनमा अरू धेरै समानताहरू छन्।

यी दुईको कथा अरूका लागि पनि सबक साबित हुनसक्छ।

इमरान वर्ष २०१८ मा हूरीजसरी पाकिस्तानको सत्तामा आएका थिए। उनले वंशवाद र भ्रस्ट कुलीनको वर्चश्व तोडेर नयाँ पाकिस्तान बनाउने वाचा गरेका थिए। परम्परागत पार्टीहरूबाट आजित भइसकेका पाकिस्तानीहरूले इमरानलाई नेता माने। अर्को कुरा, उनलाई कतिले सेनाको मुखौटा पनि ठानोक थिए।

इमरानसँग जनताको सद्भाव थियो र सेनाको साथ पनि : पाकिस्तानको सत्तामा सफल हुनका लागि योभन्दा बढी अरू के चाहिएला ?

यता, सिद्धु पनि कांग्रेस आईको प्रथम परिवारको समर्थनबाट पञ्चाबमा कांग्रेस अध्यक्ष बनेका थिए। प्रथम परिवारसँगको उनको सम्बन्धलाई देखाउनका लागि प्रियंका वाड्रासँगको उनको तस्विरलाई खुबै प्रचार गरियो। इमरान जसरी नै सिद्धु पनि संस्थापन विरोधी नायक साबित हुनसक्थे। र, परिवारवाद तथा पैसाको आडमा चल्ने पञ्जाबको राजनीतिमा परिवर्तन ल्याउनसक्थे।

उनका सभाहरूमा पनि मानिसहरुको भीड थियो। उनलाई भविष्यको अनुहारका रूपमा हेरिएको थियो।
केही महीनाअघिसम्म उनीहरू तेजसँग उदाइरहेका थिए, लाग्थ्यों कि कसैले उनलाई रोक्न सक्दैन। फेरि त्यस्तो के भयो,जसले यी दुबै स्टारको मूल्य र भ्रस्टाचार विरोधी छवि निस्प्रभावी बनाइदियो।

यसको छोटो उत्तर हुनसक्छ : राजनीतिक क्रिकेटको मैदान होइन।

यस जीतका लागि निश्चित नियम हुँदैन। क्रिकेटमा स्टारले खेलाडीको नेतृत्व गर्नसक्छन् र आफ्नो निजी क्षमताहरूको उपयोग गरेर खेल बदल्न सक्छन्। तर राजनीति योभन्दा धेरै पेचिलो र जटिल हुन्छ।

यसमा सफल हुनका लागि नेताले अनेक रूप देखाउनुपर्छ, अनेक पुलहरूलाई जोड्नुपर्छ, सामुहिक उर्जालाई दिशा दिनुपर्छ र संस्थानहरूको क्षमतालाई मजबुत बनाउनुपर्छ।

आफ्नो अह्म निजी महत्वाकांक्षाहरूलाई पूरा गरेर हुँदैन। एक अर्थमा इमरान र सिद्धु दुबै अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बाटोमा लागे। जसले व्यवधानहरूको राजनीति गर्छन् र यर्थाथबाट टाढा अर्थात् लार्जर–द्यान–लाइफ व्यक्तित्व भएकाले आफैंमा केन्द्रीत रहन्छन्।

इमरानले १९९६ मा पाक तहरिक–इन्साफ पार्टी (पीटीआई) बनाएका थिए। यो पार्टीको केन्द्रमा उनी स्वयंम् थिए। यसअघि क्रिकेटरका रूपमा इमरानले विश्वकप जितेका थिए र अवकाशपछि पाकिस्तानमा क्यान्सर अस्पताल बनाएका थिए।

इमरानलाई लागेको हुनसक्छ कि नियतीले उनलाई पाकिस्तानको नेतृत्व गर्नका लागि चुन्यो। सिद्धुको ्व्यक्तित्व खेलाडी र नेताका रूपमा इमरानको जति बनेन। इमरानले आफ्नो पार्टी बनाउन आफैं संघर्ष गरेका थिए, जबकी सिद्धु भाजपाबाट कांग्रेसमा सरे।

तर, पनि गफ गर्न माहिर यी सरदारले आफ्ना भाषणमा आफैंलाई एउटा नायकका रूपमा प्रस्तुत गरे, पञ्जाबलाई अराजकताको माहोलबाट निकालेर एउटा राम्रो भविष्यतर्फ लैजाने आशा उनले देखाएका थिए। आफूभन्दा सिनियर नेता क्याप्टेन अमरिन्दर सिंहविरुद्ध सफल विद्रोह गरेपछि सिद्धु आत्मविश्वासले भरिएका थिए।

इमरान र सिद्धु दुबैले एउटै गल्ती गरे, ट्रम्पले पनि यस्तै गरेका थिए। उनीहरूले यो संझिएनन् कि लोकतान्त्रिक व्यवस्थामा संस्थानगत समन्वयको साटो घोर व्यक्तिवाद स्थापित गर्नु खतरा हो।

ट्रम्पले अमेरिकामा आम निर्वाचनको परिणाम अस्विकार गर्न जनतालाई उक्साएका थिए। उनले क्यापिटल हिलमा अराजकता निम्त्याउन भूमिका खेले। इमरानले पनि विदेशी षड्यन्त्रको हवाला दिदैं नागकिरहरूलाई आफ्ना प्रतिस्पर्धीसँग विद्रोह गर्न अपिल गरे।

त्यस्तै, चुनावअघि सिद्धुले पनि आफ्ना माग सम्बोधन नभए पार्टीबाट राजिनामा दिने धम्की दिइरहेका थिए। तीनैजनाले आफैंलाई त्यस्तो अवस्थामा ल्याए, जहाँबाट पुनरागमन संभव थिएन।

ट्रम्पले रिपब्लिकन पार्टी, इमरानले पाकिस्तानी सेना र सिद्धुले कांग्रेसलाई कम आँके। त्यसैले, व्यक्तित्व आधारित राजनीतिको सीमाहरूलाई भुल्न हुँदैन।

लोकप्रिय नेताहरूको उदयले विश्वमा मुख्यधाराको राजनीतिमा नयाँ अनुहार र ताजा तौर–तरिका अवश्य ल्याएको छ, तर एक व्यक्तिको असफलता पुरै व्यवस्थामाथि भारी हुनसक्छ, समस्या यहीनेर छ।

(दैनिक भास्करबाट)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved