देशमा कुनै पनि वर्ग खुशी छैन : लिङ्देन

नेपालभ्युज

देशमा कुनै पनि वर्ग खुशी छैन : लिङ्देन

हेटौँडा। नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला दलहरू मिलेर देश लुटेको आरोप लगाएका छन्। राप्रपा मकवानपुरले आयोजना गरेको आमसभामा उनले सीमित नेताले देश बेरोजगार उत्पादन गर्ने कारखाना बनाएको बताए।

देश आर्थिक संकटको चपेटामा परे पनि सत्तामा रहेका दलले संकटबाट जोगाउन केही नगरेको आरोप उनको थियो।  ‘‘पटकपटकको आन्दोलन तथा झूटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन,’’, उनले भने ‘‘सीमित राजनीतिक दलले देशलाई बन्धक बनाएर राखेका छन्।’’

अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौँ लाख युवा वैदेशिक रोजगारमा जानु दुखदायी भएको बताए। ‘‘अहिलेका ठूला भनिएका दलका लुट्न नसकेका कार्यकर्ता पनि खुशी छैनन्,” उनले भने ‘‘भ्रष्टाचारबाट कमाएको पैसाको नोट भ्रष्ट नेताको घरमा रहेको छ।’’

विदेशबाट लिएको ऋण सरकारले अनुत्पादक क्षेत्रमा खर्च गरेको भन्दै उनले आपत्ति जनाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved