उत्तरपुस्तिका च्यातेको भन्दै प्रअ र शिक्षक मिलेर विद्यार्थीमाथि निर्घात कुटपिट

नेपालभ्युज

उत्तरपुस्तिका च्यातेको भन्दै प्रअ र शिक्षक मिलेर विद्यार्थीमाथि निर्घात कुटपिट

बुटवल। उत्तरपुस्तिकाको पाना च्यातेको भन्दै विद्यार्थीमाथि प्रध्यानाध्यापक र शिक्षकहरुले कुटपिट गरेका छन्।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ६ मा रहेको श्री तेनुहवा सामुदायिक माध्यमिक विधालयमा कक्षा ९ मा अध्ययनरत वर्ष १६ का विद्यार्थी विशाल यादवमाथि कुटपिट भएको हो।

कक्षा १० का विद्यार्थीहरूको विदाइ समारोह हुदै गर्दा विद्यार्थीमाथि हातपात भएको विद्यार्थी यादवलाई उद्धृत गर्दै प्रख्यात बन्जाडेले जानकारी दिए। घटना २५ चैत शुक्रबारको भए पनि आज मात्रै सार्वजनिक भएको हो।

सोही विद्यालयका प्रधानाध्यापक महोम्मद इलियासको रोहवरमा अन्य शिक्षकहरू इरशाद अहमद, उपेन्द्र श्रीवास्तव, इस्तखार अहमद,नुर आलम मुसलमानले यादवमाथि कुटपिट गरेको भिडियोसमेत सार्वजनिक गरिएको छ।

विद्यार्थी यादवलाई उदृत गर्दै बन्जाडेले भने , “यादवमाथि जाँचको उत्तरपुस्तिकाको एक पाना च्यातेर फालेको बाहानामा कक्षा कोठाभित्र थुनेर र बाहिर निस्केपछि पनि कुटपिट भएको बताएको छ, विद्यालय बाहिरको एक व्यक्तिले भिडियो उपलब्ध गराए।”

यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी नवरत्न पौडेलेल भने कुनै जानकारी नआएको बताएका छन्। उनले यो विषयमा अनुसन्धान शुरु गरिने बताए।

यता पूर्ववनमन्त्री महोम्मद ओकिल मुसलमानले घटनाको छानबिन गरी दोषीमाथि कारबाही मागसमेत गरे।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved