विशेषज्ञ चिकित्सकको कमीले कोभिडमा धेरैले ज्यान गुमाए : डा देवकोटा

नेपालभ्युज

विशेषज्ञ चिकित्सकको कमीले कोभिडमा धेरैले ज्यान गुमाए : डा देवकोटा

काठमाडौं। लुम्बिनी प्रदेशमा कोभिडको समयमा जति चिकित्सकको संख्या आवश्यकताभन्दा धेरै कम भएकाले धेरै संक्रमितहरुले ज्यान गुमाउनु परेको लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले बताएका छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा भएको स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनमा बोल्दै सचिव देवकोटाले कोभिड संक्रमण उच्च अवस्थामा रहँँदा प्रति दिन ५० जनासम्म संक्रमितहरूको मृत्यु भएको बताए।

उनले भने,”लुम्बिनी प्रदेशमा किन धेरै संक्रमितको मृत्यु भयो भनेर सर्वेक्षण गर्दा विशेषज्ञ चिकित्सकको कमी प्रमुख कारण देखियोे।”

त्यस्तै, हरेक घरमा एकजना भन्दा बढी संक्रमित हुने र मृत्यु पनि एक भन्दा बढी नै भएको सर्वेक्षणले देखाएको पनि उनले बताए।

कोभिडको समयमा लुम्बिनी प्रदेशले चार वटा कोभिड विशेष अस्पताल भनेर सञ्चालन गरेको थियो त्यसमा पनि २ वटा अस्पतालमा स्याटेलाईट जडान गरेर निकै राम्रो काम गरेको उनको भनाइ छ।

”अन्य प्रदेशको जस्तै लुम्बिनी प्रदेशमा पनि स्वास्थ्य सेवा दिने प्रक्रिया एउटै छ,” उनले भने।

१२ ओटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा सरकारले पहिल्यै ५० शैय्याको अस्पताल बनाइसकेको थियो। प्रादेकि संरचनामा गइसकेपछि बाँकी रहेका ६ जिल्लामा पनि बेड संख्या ५० पुर्‍याएर स्वास्थ संस्थाहरूको स्तरोन्नती गरिएको उनले बताए।

”तर सबै कुरा भएपनि विशेषज्ञ चिकित्सक खोजेर पनि नपाइने अवस्था रहेको छ,” उनले भने। लुम्बिनी प्रदेशले घरदैलोमा चिकित्सक कार्यक्रम संचालन गर्न लागेको पनि उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved