प्रिमियर लिगमा ब्रिगटनसँग आर्सनल पराजित, चेल्सी विजयी

नेपालभ्युज

प्रिमियर लिगमा ब्रिगटनसँग आर्सनल पराजित, चेल्सी विजयी
आर्सनलविरूद्ध गोल गरेपछि खुसी मनाउँदै ब्रिगटनका खेलाडी।

एजेन्सी । इंलिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो खेल हारेसँगै आर्सनलले शीर्ष चारमा उक्लने अवसर गुमाएको छ। ब्रिगटनसँग घरेलु मैदानमै २–१ ले पराजित भएपछि आर्सनल शीर्ष चारमा उक्लनबाट बन्चित भएको हो।

आर्सनलको यो लगातार दोस्रो हार हो, यसअघिको खेलमा क्रिस्टल प्यालेससँग आर्सनल ३–० ले पराजित भएको थियो।

अर्को खेलमा टोट्टेनह्यामले एस्टन भिल्लालाई ४–० ले हरायो । प्रिमियर लिगको चौथो स्थानमा रहेको टोट्टेनह्यामको ३१ खेलबाट ५७ र पाँचौमा रहेको आर्सनलको ३० खेलबाट ५४ अंक छ। यी दुई टोलीबीच हुने भिडन्तले शीर्ष चारभित्र पर्ने टोलीको टुंगो लगाउन महत्वपूर्ण भूमिका खेल्ने अनुमान गरिएको छ।

तेस्रो स्थानको चेल्सीले भने साउथह्याम्पटनविरुद्ध ६–० को फराकिलो जित निकाल्यो। ३० खेलबाट ६२ अंक बटुलिसकेका कारण शीर्ष चारभित्र पर्नका लागि चेल्सीले खासै संघर्ष गर्नुनपर्ने धेरैको अनुमान छ।

लिगको पहिलो र दोस्रो स्थानमा रहेका म्यानचेस्टर सिटी र लिभरपुलको क्रमशः ७० र ६९ अंक छ।

लिगमा शीर्ष चारभित्र पर्ने म्यानचेस्ट युनाइटेडको आशा भने लगातार कमजोर हुँदै गएको छ। म्यानचेस्टरलाई शनिबार एर्भटनले १–० ले हरायो । यस हारसँगै ३१ खेलबाट ५१ अंक जोडेको म्यानचेस्टर अंक तालिकाको सातौं स्थानमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved