अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८ : पहिलो खेलमा जहदा–४ विजयी

नेपालभ्युज

अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८ : पहिलो खेलमा जहदा–४ विजयी

विराटनगर। मोरङको जहदा गाउँपालिकामा शनिबारदेखि शुरू भएको ‘अध्यक्ष कप क्रिकेट टुर्नामेन्ट–२०७८’ को पहिलो खेल जहदा–४ ले जितेको छ।

जहदा गाउँपालिका वडा नं. ६ स्थित पोखरिया खेल मैदानमा भएको टुर्नामेन्टमा जहदा–४ ले जहदा–७ को टिमलाई पराजित गरेको हो। लक्ष्मिनिया युवा क्लबद्वारा आयोजित चौथो संस्करणको क्रिकेट टुर्नामेन्टको आज (शनिबार) भएको पहिलो खेलमा जहदा–४ ३६ रनले विजयी भएको हो।

खेलमा टस हारेर ब्याटिङ गरेको जहदा–४ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको स्कोर खडा गरेको थियो।

जहदा–४ का लागि ‘म्यान अफ द म्याच’ निरज गौतमले  रविशंकर मण्डलले ७ सर्वाधिक ५२ रनको योगदान दिएका थिए। १५० रनको लक्ष्य पाएको जहदा–७ को टिम १९ औं ओभरमा सबै विकेट गुमाई ११३ रनमा समेटियो।

जहदा–७ का लागि खेलाडी अरविन्द मण्डलले ३ २६ रन बनाउँदा अमित मण्डलले सर्वाधिक ३१ रनको योगदान दिएका थिए।ज हदा–४ का लागि गौतमले ४ विकेट लिँदा अमोद मण्डलले २ र रविन मण्डलले ४ विकेट लिएका थिए।

लिगकम नकआउटको आधारमा बैशाख ३ गतेसम्म चल्ने वडास्तरीय क्रिकेट टुर्नामेन्टको दोश्रो खेल चैत्र २७ गते आईतबार जहदा–१ र जहदा–५ बिच हुने आयोजक संस्थाले जनाएको छ।

संस्थाका अनुसार जहदामा जारी टुर्नामेन्टमा आयोजक लक्ष्मिनिया युवा क्लबका साथै गाउँपालिकाका ७ वटै वडाको सहभागिता रहेको छ

टुर्नामेन्टको फाइनल खेल बैशाख ३ गते हुने संस्थाका सचिव अभिषेक कुमार साहले बताए। उनले खेलको विजेता तथा उप–विजेताले क्रमशः ३१ हजार र २१ हजार रुपैयाँको नगद पुरस्कार सहित मेडल, प्रमाण–पत्र र रनिङ शिल्ड प्राप्त गर्ने जानकारी दिए।

शनिबार भएको पहिलो खेलको उद्घाटन भने प्रदेश १ सरकारका स्वास्थ्य मन्त्री जयराम यादव र जहदा गाउँपालिकाका अध्यक्ष कैलाशप्रसाद मण्डलले गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved