प्रलेस अध्यक्षमा मधुसूदन

सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ।

नेपालभ्युज

प्रलेस अध्यक्षमा मधुसूदन

काठमाडौं। प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२ औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

कमिटीको उपाध्यक्षमा समीर सिंह र नमूना शर्मा, महासचिवमा डा. देवी दुलाल, उपमहासचिवमा बालमुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरीप्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएका छन्।

सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ।

निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे। उनीहरुलाई निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले शपथ दिलाए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved