प्रचण्डका भाइ राष्ट्रियसभा सदस्य बन्नु नातावाद र कृपावादको चरम नमूना : ओली

नेपालभ्युज

प्रचण्डका भाइ राष्ट्रियसभा सदस्य बन्नु नातावाद र कृपावादको चरम नमूना : ओली
फाइल तस्वीर

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नातावाद र कृपावादको चरम नमूना प्रस्तुत गरेको आरोप लगाएका छन्। शुक्रबार काठमाडौं आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले  जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाइ नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेको आरोप लगाए।

क्रान्तिकारी हुँ भन्नेहरूले आफू र आफन्तबाहेक अरुलाई नहेर्ने गरेको पछिल्लो उदाहरण यो भएको उनको भनाइ थियो।  ‘‘क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नो बाहेक कोही नियुक्ती गर्दैनन् भन्ने छँदै थियो,” उनले भने,  ‘‘हिजो पुष्पकमल दाहालका भाइ नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो, उहाँलाई राष्ट्रियसभामा लगियो।”

जनयुद्धमा ज्यान हत्केलमा राखेर लडेका घाइते, शहीद परिवार र दु:ख पाएका मान्छेहरू सबैलाई पन्छाएर प्रचण्डले परिवारकै सदस्यलाई मात्र बोक्ने गरेको आरोप उनको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved